एनआरएन इन्फ्रास्टक्चरको एजीएम माघ १५ गते, लाभांश पारित र ९ जना सञ्चालक चयन गर्ने

Advertisement

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेको आठौँ वार्षिक साधाण सभा माघ १५ गते हुने भएको छ । बिहान ११ बजे अकामा होटल सुकेधारा काठमाडौँमा र भर्चुअल माध्यम जूम एप मार्फत सञ्चालन गरिने निर्णय भएको छ । 

साधारण सभाले हाल कायम चुक्ता पूँजीको २.८५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार १ सय रुपियाँ छ । साधारण सभा प्रयोजनका लागि माघ १२ गते एक दिनको लागि शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गरिने छ । 

Advertisement

उक्त साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट एक महिलासहित ३ जना सञ्चालन चयन गर्नेछ । 
 

Advertisement

Advertisement