नेपाल–भारत संयुक्त आयोगको बैठक सकियो, के के भयो छलफल ?

Advertisement

काठमाडौं । नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गरेको बैठक भर्खरै सम्पन्न भएको हो । 

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाका अनुसार बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग, भौतिक पूर्वाधार, लगानी, कृषि, पर्यटनसहित नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल भएको थियो । 

Advertisement

दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ र ऊर्जालगायत क्षेत्रका अधिकारीहरु सहभागी बैठक सम्पन्न भएलगत्तै दुवै देशका परराष्ट्रमन्त्री र विदेशमन्त्रीले सम्बोधन गरेका थिए । बैठकअघि ज्ञवालीले जयशंकरसँग छुट्टै भेटवार्ता गरेका थिए । 

Advertisement

Advertisement