कोरोना विरुद्धको खोप ‘कोभिशील्ड’ले नेपालमा पनि पायो आपतकालीन प्रयोगको अनुमति

Advertisement

काठमाडौँ । अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा पनि आपतकालीन प्रयोगको अनुमति पाएको छ । उक्त खोपलाई भारतमा सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरिरहेको छ ।

नेपालले पनि भारतमा सीरमद्वारा उत्पादित ‘कोभिशील्ड’ नामक औषधिलाई आयात गरी आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो । औषधि व्यवस्था विभागले शुक्रवार जारी गरेको वक्तव्यमा शुक्रवारको ‘विभागीय निर्णयअनुसार’ उक्त खोपलाई ‘आपत्कालीन प्रयोगका लागि सशर्त अनुमति’ दिइएको उल्लेख छ ।

Advertisement

औषधि व्यवस्था विभागले बुधवार मात्र कोभिड–१९ को खोप दर्ताका लागि आयातकर्ताहरूलाई आह्वान गरेको थियो । उक्त आह्वानअनुसार हालसम्म तीनवटा निवेदन परेको तर तत्काल आवश्यक मापदण्डहरू पूरा गर्नेमा सीरमको खोप मात्र भएकाले उसैले पहिलो अनुमति पाएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । -बीबीसीबाट

Advertisement

Advertisement