कोरोनालाई देखाउँदै चिनियाँ टोली नफर्किंदा पेट्रोलियम अन्वेषणको काम अलपत्र

Advertisement

दैलेख । सेस्मिक सर्भेको नतिजा लिएर चिनियाँ टोली नफर्कंदा पेट्रोलियम पदार्थ अन्वेषणको काममा ढिलाइ भएको छ । चिनियाँ प्राविधिक टोलीको नतिजाका आधारमा दोस्रो चरणको सर्भे र ड्रिलिङको काम हुने भनिए पनि चिनियाँ टोली नफर्कंदा अन्वेषणको काम अन्योलमा परेको हो ।

कोरोना महामारीको कारण देखाउँदै चिनियाँ विज्ञ र प्राविधिकको टोली नआएको खानी तथा भूगर्भ विभागले जनाएको छ । विभागका अनुसार सन् २०१९ फेब्रुअरीमा चिनियाँ टोलीसँग गरिएको सम्झौताको म्याद सकिन लागेको छ । चिनियाँ टोलीसँग गरिएको तीन चरणको सम्झौताअनुसारको पहिलो स्थलगत अध्ययनको कामको नतिजा नै समयमै उपलव्ध नहुँदा अन्वेषणको काम अन्योलमा परेको हो ।

Advertisement

नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थ अन्वेषणका लागि सन् २०१७ मा पहिलोपल्ट सम्झौता गरिएको थियो ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement