संसद विघटनको विषयमा आफूसँग खुल्ला बहस गर्न शम्भु थापालाई कँडेलको चुनौति

Advertisement

काठमाडौं । पब्लिक इनोभेटरको रुपमा परिचित इन्जिनियर दिपेन्द्र कँडेलले संसद विघटनको विषयमा आफूसँग बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापालाई चुनौति दिएका छन् । 

कँडेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्ने भन्ने व्यवस्था संविधानमा नरहेको भन्ने थापाको भनाईको प्रतिवाद गरे । संविधानको धारा ७६ (७)मा प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिले संसद विघटन गरी छ महिनाभित्र निर्वाचन सम्पन्न गर्न मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था रहेको सुनाए । थापाले संसद विघटनका लागि प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गर्ने व्यवस्था संविधानमै नरहेको जिकिर गरेका थिए । 

Advertisement

संविधानले संसद विघटनको कल्पनै नगरेको भन्दै थापाको भनाईको पनि कँडेलले ठाडै प्रतिवाद गरे । उनले संविधानको धारा ७६ (७) पढ्न पनि सल्लाह दिए । जनता अन्योलमा पर्नेगरी गलत सन्देश प्रवाह गर्न नमिल्ने भन्दै कँडेलले सार्वजनिक बहसमार्फत कि आफूलाई गलत साबित गर्न कि आफू गलत ठहरिन चुनौति दिए । 

संसद विघटनले संविधान नै विघटनमा पुग्ने थापाको तर्कमा पनि कँडेल सहमत हुन सकेनन् । उनले जब संविधानमा नै संसद विघटनको व्यवस्था छ भने किन संविधान विघटन हुन्छ ? भन्दै थापालाई प्रश्न गरे । 

Advertisement

Advertisement