योगेश भट्टराईप्रति ओलीको कटाक्षः बैगुनी केटोले लात्ताले हानेर भाग्यो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका छन् । एक नम्बर प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भट्टराईलाई बैगुनी केटो भनेका हुन् । 

आफुले यो केटोलाई भोट दिनुस, जिताएर पठाउनुस मन्त्री बनाउँछु भनेको र सोही अनुसार मन्त्री पनि बनाएको तर भट्टलाईले आफुलाई धोका दिएको आरोप पनि उनले लगाए । भोट दिएर जिताएर पठाउनुस, मन्त्री बनाउँछु भने, त्यहि अनुसार मन्त्री पनि बनाए । तर एक दिन कसैलाई लात्ताले हानेर भाग्यो । को रहेछ भनेर हेरेको त त्यहि फुच्चे केटो रहेछ, प्रधानमन्त्री ओलीले भने ।