खाने तेलको मूल्य बढ्याबढ्यै, दलहरुलाई चुनाबका लागि चन्दा दिन मूल्य बढाइयोः महर्जन

Advertisement

काठमाडौं। कोरोना र लडकाउनको मौका छोपेर बढाउन सुरु गरिएको खाने तेलको मूल्य अझै रोकिएको छैन् । तोरी, सूर्यमुखी र भटमासकै मूल्य बढेको भन्दै तेल उत्पादकहरुले मूल्य बढाउन सुरु गरेका थिए । 

विशेषगरी दशैंतिहारपछि सुरु भएको मूल्य बढ्ने क्रमले उपभोक्ता चर्को मारमा परेका छन् । कोरोना र लकडाउनका कारण कच्च पदार्थको आयात घटेको र मुलुकमा पनि उत्पादन बढ्न नसक्दा तोरिएको मूल्य बढेको चितवन टाँडीका एक तेलमिल सञ्चालकले बताए । 

Advertisement

बजारमा तेलको भाउ अस्वाभाविकरुपमा बढ्दा पनि नियामक बाणिज्य तथा उपभोक्ता संरक्षण विभाग मुकदर्शक बनेको छ । मागमा कुनै वृद्धि नभएको बेलामा समेत बजारमा खाने तेलको भाउ बढ्नु आश्चर्यको विषय भएको उपभोक्ता अधिकारकर्मीहरुको तर्क छ । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कच्चा पदार्थमा आपूर्तिमा कुनै समस्या नरहेको, ढुवानीमा अवरोध नरहेको, मजदुरको अभाव नरहेको, कतिपय होटल र रेष्टुरेन्टहरुसमेत सञ्चालनमा नआइसकेकाले मागमा समेत गिरावट भएको बेला तेलको मूल्य वृद्धि गरिन सरासर व्यापारीहरुको कालाबजारी हो भने । 

उनले चुनाव नजिक आएकाले उद्योगी व्यवसायीले अब दल र नेताहरुलाई चन्दा दिनुपर्ने हुन्छ भन्दै सोही चन्दाका लागि उपभोक्ताको ढाड सेक्ने काम भइरहेको र दल तथा नेताहरु पनि यस कृतिम मूल्यवृद्धिमा मौन बसेको बताए । 

दशैंतिहारपछि भटमासको  तेलको मूल्य प्रतिलिटर ४० रुपियाँसम्म बढेको छ भने सनफ्लावर तेल पनि सोही हाराहारीमा बढेको छ । हाल सनफ्लावर तेलको मूल्य प्रतिलिटर १८० रुपियाँभन्दा बढि छ भने भटमासको तेलको मूल्य २२० रुपियाँसम्म पुगेको छ । हाल बजारमा बढी बिक्ने धारा तेल प्रतिलिटर २५० रुपियाँ छ । तोरिको तेलको मूल्य पनि सोही अनुपातमा बढेको छ । तेल उत्पादकहरु सबैले संगठितरुपमा नै मूल्य बढाउँदै लगेका छन् । 

Advertisement

Advertisement