डन्डीको भाउ बढाउनुको कारण पेश गर्न सरकारले दिएको निर्देशन उद्योगहरुले टेरेनन्

Advertisement

काठमाडौँ । फलामे डन्डी उद्योगीले सरकारको निर्देशनमा अटेरी गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे डन्डी उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न दिएको निर्देशन अधिकांश उद्योगीले अटेरी गरेका हुन् ।

डन्डीको भाउ बढेको गुनासो आउने क्रम बढेसँगै विभागले डन्डी उद्योगीसँगको छलफलपछि एक साताभित्र भाउ बढ्नुको कारण खुल्ने आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो । विभागले देशभर सञ्चालित २१ वटा डन्डी उद्योगमा पत्रचार गरेर एक साताभित्र विवरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएकोमा अहिलेसम्म चार–पाँचवटा उद्योगले मात्रै विवरण पेस गरेको जनाएको छ ।

Advertisement

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले डन्डी उद्योगीसँग नम्र रूपमा प्रस्तुत भएर एक साताभित्र मूल्य बढ्नुको कारण पेस गर्न भनेर दिएको निर्देशनमा अधिकांशले अटेरी गरेको बताए । 

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement