भिभोको वाई–फिप्टिवान नयाँ स्मार्टफोन भोलिदेखि नेपाली बजारमा, यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले मंगलबार आफ्नो नयाँ स्मार्टफोन वाई–फिप्टिवान नेपाली बजारमा उपलब्ध गराउने भएको छ । युवापुस्तालाई लक्षित गरिएकोे वाई सिरिजको यो स्मार्टफोनमा विभिन्न एपहरुको सहज प्रयोगको लागी आठ जीबी र्याम्पका साथै १२८ जीबी रोम रहेको छ । 

एआई (आर्टिफिसियल इन्टेलिजेन्स) ट्रिपल क्यामेरा सेटअप रहेको नयाँ वाई–फिप्टिवानमा ४८ एमपी मेन रियरको साथमा माइसुपर नाइट क्यामरा, स्टाइलिस नाइट फिल्टरर्सलगायत विभिन्न सुटिङ मोडहरु रहेको छ । यस्ता मोडहरुले गर्दा प्रयोगकर्ताहरुले दिन र रात दुवैमा अल्ट्रा–क्लियर तस्बिरहरु लिन सक्ने भिभोको भनाई छ ।

Advertisement

दिर्घायु क्यामेरा र एप प्रयोग अनुभवको समर्थनका लागी वाई–फिप्टिवानमा पाँच हना। एच ब्याट्रि क्षमताको साथ १८ वाट फाष्ट चार्ज प्रविधिसमेत रहेको जनाइएको छ । साथै, यस फोनमा साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर फिचर रहेको छ जसले निकै सहजै एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिन्छ । 

समग्रमा वाई–फिप्टिवानको स्टाईलिश उपस्थिति रहेको छ र दुई आकर्षक रङहरुमा उपलब्ध रहेको भिभोले जानकारी दिएको छ । भिभो नेपालका सीईओ मार्स भन्छन्, ‘ वाई–फिप्टिवानको साथमा हामी नेपाली युवाको सार र सबै विशेषता रहेको स्मार्टफोनको प्रगतिशील आवश्यकता समेट्दै युवा–लक्षित वाई सिरिजलाई बढाउँदै छौ ।’ वाई–फिप्टिवानको मूल्य ३३ हजार ४९९ कायम गरिएको छ । अनलाइन सपिङ दराजमार्फत यो फोन सजिलै खरीद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

Advertisement

Advertisement