‘हाम्रो प्रतिव्यक्ति आय कुवेतभन्दा माथि पुग्नसक्छ, त्यतिबेला करोडौं इण्डियन ओइरिनेछन्’

Advertisement

काठमाडौं । प्रखर विश्लेषक सौरभले नेपालका प्राकृतिक सम्पत्तिहरुको प्रयोग गर्न सकियो भने नेपालीको प्रतिव्यक्ति आय कुवेत र कतारको भन्दा धरै हुनसक्ने बताएका छन् । 

सोमबार राति एपीवान टेलिभिजनको एक कार्यक्रममा उनले नेपालको त्यति राम्रो संभावना भए पनि विकासमा भारत मुख्य बाधक बनेको औंल्याएका छन् । सौरभ भन्छन्, ‘नेपालले सानो सानो खनिज, जडिबुटी आदि जोडजाड गर्यो भने नेपालीहरुको प्रतिव्यक्ति आय कुवेत र कतारको भन्दा माथि पुर्याउन सकिन्छ । नसकिने होइन् । तर बनायो भने टिक्न सकिदैन् । तीन करोड जनसंख्यामा एक करोड त बाहिर नै छैन । बनाएको भोलिपल्ट मेक्सिकोबाट अमेरिकामा ओलिरिएजस्तो नेपालमा स्थिति आउँछ ।’

Advertisement

साथै, उनले भारतीय मुद्राको तुलनामा नेपाली मुद्रा बलियो भएको दिन पाँच करोड इण्डियन नेपाल पस्ने, भारत–पाक यद्ध भएको दिन १० करोड आउँछन् र भारतमा कुनै ठूलो महामारी आयो भने १५ करोड आउँछन् भन्दै नेपालको लागि ठूलो समस्या रहेको, चाहेर पनि विकास गर्नसक्ने अवस्था नरहेको र धेरै कुराहरु नेपालका नेताहरुले पनि सम्हाल्नसक्ने अवस्था नरहेको बताए । 

केपी ओली प्रधानमन्त्री भएकैले चीनसँग पारवहन सम्झौता र कालापानीसहितको नयाँ नक्सा जारी गर्न संभव भएको भन्दै सौरभले देशको हित गर्छन, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता हटाउने आँट गर्छन भने ओलीलाई अघि बढ्न दिनुपर्ने तर्क गरे । तर, ओलीको विरोधमा हिँडिरहेका मानवअधिकारवादी अभियन्ता कृष्ण पहाडीको भने उनले आलोचना गरे । 

गेरु बस्त्र लगाउँदैमा कोही पनि साधु हुन्छ भन्ने आफूलाई विश्वास नरहेको भन्दै उनले पहाडीलाई पाखण्डीको संज्ञा दिए । विश्लेषक सौरभले आफू राजावादी नभए पनि नेपालको हित र सार्वभौमसत्ता रक्षाका लागि राजा आवश्यक रहेको तर्क गरे । आफ्नो सन्ततीलाई राजा बन्न पनि राजाले अन्तिमसम्म सार्वभौमसत्ताको रक्षा गर्ने बताउँदै तर नेताहरुले त्यो कुरा गर्ननसक्ने उनले बताए । 

पूर्वप्रधानन्याधीसहरुले एक्टिभिष्टले जसरी संसद विघटन असंवैधानिक भनेर बोलेर आईएनजीओको वकालत गरेको जस्तो देखिएको उनको टिप्पणी छ । अनुपराज शर्मा जस्तो निष्कलंकित व्यक्तिसमेत यस विवादमा मुछिएकोमा सौरभले आश्चर्य जनाए । 

आफूले २०७२ को संविधान नमान्ने र राष्ट्रिय गान ‘गम्भीर नेपाली’ गाउने, सक्छौ भने मलाई देश निकाला गर भनेर खुल्ला चुनौति दिएपछि निकै चर्चामा आएका सौरभले संविधान स्थायी हुन्छ र हुनुपर्छ भन्ने छैन, जब जनताले मान्दैनन् भने त्यसलाई फेर्नुपर्छ भने । उनले भने, ‘यो संविधानबाहेक अर्को विकल्पै छैन, यही नै आत्मा हो भन्ने मलाई लाग्दैन् । 

सौरभका अनुसार संविधान कार्यान्वयन भएनभएको विषयमा अदालतमा कुरा उठाउन नपाइने प्रावधान राखेर सरकारलाई निरंकुश र छाडा हुन दिएको छ । आईएनजीओको सहायता नभनेर लगानी भनिएकाले यो नेपाली जनताको नभई आईएनजीओको संविधान हो भन्ने प्रष्ट हुन्छ जसबाट उनीहरुले गरेको खर्बौं रुपियाँ लगानीको प्रतिफल पाउने भनेको मौद्रिकरुपमा हुनसक्दैन यस्तो गरिव मुलुकमा, त्यो प्रतिफल भनेको नीतिगतरुपमा नै उनीहरुले लिने छन् । अर्को कुरा नक्कली परिचयपत्र लिएर कोही संसदमा छिर्रो र देश नै सिध्याउने प्रस्ताव पारित गर्यो भने मान्य हुनेछ । 

साथै, उनले नेपालको वस्तुस्थितिका बारेमा चिनियाँहरुलाई ज्ञान नरहेको बताए । नेपालमा पाँच बर्ष कुनै पनि सरकार टिक्दैन भन्ने भारतीयहरुको खेल चिनियाँहरुले बुझ्न नसकेको भन्दै सौरभले नेपालका राजाहरुले चीनप्रति झुकाव राख्दाराख्दै पनि श्यामशरण तीन दिन बेइजिङ गएको भरमा किन राजसंस्थालाई उनीहरुले छोडिदिए ? भनी प्रश्न गरे । भारतले आठ तिरबाट नेपालमा खेलिरहँदा चीनलाई भने तिब्बतको मामिलामा दलाई लामासँग को छ को छैन ? भनेर मात्रै हेर्ने गरेको सौरभको तर्क छ । 

भिडियोः 

Advertisement

Advertisement