सरकारी कर्मचारीले एकै दिनमा खाए आठ छाक खाना

Advertisement

दोलखा । सामान्यतया मान्छेले दिनमा कति पटक खान सक्ला  बढीमा ३ पटक। दोलखाको एक सरकारी कार्यालयका कर्मचारी भने दिनमा ८ छाक खाँदा रहेछन् !

जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिई जिरी नगरपालिका गएकी थिइन्। त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपियाँका दरले २ हजार १ सय ६० रुपियाँ भुक्तानी लिएको पाइएको छ। 

Advertisement

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो। ‘यसलाई नियमित भन्न सकिन्नँ’, कोलेनिका दोलखाका प्रमुख शिवनाथ पौडेलले भने। कार्कीले त्यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन्। उनले दुई दिनमा होटलका चार कोठा लिएकी थिइन्। र, १० छाक खाना खाएको देखाएकी थिइन्।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement