शेयर बजारमा पुनः उत्साह फर्कियो, बेस्ट फाइनान्सका शेयरधनीले सबैभन्दा बढी कमाए

Advertisement

काठमाडौँ । साताको पहिलो र दोश्रो दिन दोहोरो अंकले बढेको शेयर बजारमा हिजो सामान्य करेक्सन भएपनि आज पुनः उत्साह फर्केको छ । आइतबार २८.४६ अंक, सोमबार १७.३१ अंक बढेको बजार हिजो ५.५७ अंकले घटे पनि आज पुनः १५.८७ अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार ०.६८ प्रतिशतले बजार बढ्दा परिसूचक २३४२.७६ अंकमा उक्लिएको छ । आज २११ कम्पनीका १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

बजार बढेको दिन विकास बैंक समूह, जलविद्युत समूह, वित्त समूह, निर्जीवन बीमा समूह, लघुवित्त समूह, जीवन बीमा समूह र म्युचुअफ फण्डमा हरियाली छाएको छ । सबैभन्दा भन्दा बढी जीवन बीमा समूह ७२९.३७ अंकले बढेको हो । आज बैंकिङ समूह, ट्रेडिङ समूह, होटल समूह, उत्पादनमूलक समूह र अन्य समूह भने राताम्मे भए । 

आज वेस्ट फाइनान्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ९.९४ प्रतिशतले नाफा कमाएका छन् । बेस्टसहित १५ कम्पनीका शेयरधनीहरुले आज ९ प्रतिशत भन्दा बढी नाफा कमाएका हुन् । 

आज विशाल बजार कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ३.९५ प्रतिशतले घाटा ब्यहोरेका छन् । आज पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकै उच्च कारोबार भएको छ । नेपाल लाइफको ६१ करोड ४० लाख ८९ हजार ५ सय ६ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

 

Advertisement

Advertisement