भिभोको नयाँ स्मार्टफोन वाई ५१ नेपाली बजारमा, मूल्य कति ?

काठमाडौँ । विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई५१ नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । युवापुस्तालाई लक्षित गरिएकोे वाई सिरिजको उक्त नयाँ स्मार्टफोनमा विभिन्न एपहरुको सहज प्रयोगको लागी ८जीबी र्याम प्लस १२८जीबी रोम रहेको छ । 

एआई ट्रिपल क्यामेरा सेटअप रहेको नयाँ वाई५१ मा ४८एमपी मेन रियल क्यामरा को साथमा माईसुपर नाइट क्मयार, स्टाइलिस नाइट फिल्टर्स लगायत विभिन्न सुटिङ मोडहरु रहेको हुँदा प्रयोगकर्ताहरुले दिन र रात दुवैमा अल्ट्रा-क्लियर तस्बिरहरु लिन सक्नेछन् ।

दीर्घायु क्यामेरा र एप प्रयोग अनुभवको समर्थनका लागी भिभो वाई५१ मा ५०००एमएएच ब्याट्रि क्षमताको साथमा १८डब्लू फास्ट चार्ज प्रविधि रहेको छ । साथै, यस फोनमा साईड–माउन्टेड फिन्गरप्रिन्ट स्क्यानर फिचर रहेको छ जसले निकै सहजै एकै समयमा डिस्प्ले अन गर्न र फोन अनलक गर्न सकिन्छ । समग्रमा वाई५१ को स्टाईलिश उपस्थिति रहेको छ र दुई आकर्षक रङहरुः टिटानियम स्यापफियर र क्रिस्टल स्याम्फोनीमा उपलब्ध रहेको छ ।

भिभो नेपालका सिईओ, मार्स भन्छन्, प्रत्येक नयाँ फोन भित्राएसँगै भिभोले शक्तिशाली मेमोरी, बलियो प्रोसेसर, दीर्घायु ब्याट्री र उत्कृष्ट क्यामेरा भएका आकर्षक डिजाईका अभिनव स्मार्टफोनहरु विभिन्न मूल्य दायराहरुमा ल्याई रहेको छ । वाई५१को साथमा हामी नेपाली युवाको सार र सबै विशेषता रहेको स्मार्टफोनको प्रगतिशील आवश्यकता समेट्दै हाम्रो युवा–लक्षित वाई सिरिजलाई बढाउँदै छौ । नयाँ फोन खरिद गर्न वा हालको फोन अपग्रेड गर्न चाहनेहरुका लागी वाई५१ उपयुक्त विकल्प हुनेछ ।

उक्त नयाँ वाई५१ स्मार्टफोन रु.३३४९९ रुपियाँमा सबै रिटेल आउटलेटहरुमा उपलब्ध रहेको छ ।