मेरो माइक्रोफाइनान्सद्धारा महानगरीय ट्राफिक प्रहरीलाई दुई सय थान फ्लोरोसेन्ट ज्याकेट वितरण

Advertisement

काठमाडौं ।  मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंलाई दुई सय थान फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले ट्राफिक प्रहरीलाई ज्याकेट वितरण गरेको संस्थाले जानकारी दिएको छ ।

उक्त ज्याकेट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, प्रबन्धक राजुप्रसाद पुडासैनी लगायतको उपस्थितिमा महाशाखा प्रमुख जनक भट्टराईलाई बुधबार हस्तान्तरण गरिएको हो ।

Advertisement

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरण कम गर्न बिभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भलाई स्मरण गर्दै रात्रिकालिन समयमा फ्लोरोसेन्ट ज्याकेटको अभाबमा प्रहरीहरु नै दुर्घटनाको सिकार भएका खबरहरु समाचार माध्यममा आउने गरिएकोले ज्याकेट बितरण गरिएका दाहालले बताए ।

भट्टराईले आम जनताको सुरक्षामा अहोरात्र खटिरहेका प्रहरीहरुलाई संस्थाले गरेको सहयोगलाई आभार प्रकट गर्दै समाजमा शान्ति सुरक्षा कायम गराउन समेत सहयोग मिलेकोले कार्यमा अझै उत्साह मिल्ने बताए । कम्पनी नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत करिब १ लाख २५ हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्याउदै आएको छ । 

Advertisement

Advertisement