एनआईसी एशिया लघुवित्तले हस्तान्तरण गर्यो बीमा रकम

Advertisement

काठमाडौँ । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ ।

संस्थाले ज्योति लाईफ ईन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आईरहेको छ । बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतिको मृत्यु भएकोमा उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।

Advertisement

यस लघुवित्तले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको प्रमुख सूचना अधिकृत प्रल्हादचन्द्र निरौताले बताए । 
 

Advertisement

Advertisement