बाइबल छोएर बाइडेनले खाए शपथ, ‘यो एक जना उम्मेदवारको नभई प्रजातन्त्रको जित हो’

Advertisement

काठमाडौं । विश्व शक्ति अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कार्यभार सम्हालेका छन्। ४६ औ राष्ट्रपति बाइडेनले सपथ ग्रहणपछि अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धता जनाए।

कडा सुरक्षा व्यवस्थाका बीच १२८ बर्ष पूरानो बाइबल छोएर शपथ खाएका बाइडेनले भने, ‘आजको यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो। अमेरिकाको धेरै चोटि धेरै परीक्षा भयो र यो चुनौतिहरूको साथ उभिएको छ। आजले हामी एक जना उम्मेदवारको जीत होइन, प्रजातन्त्रको जीत मनाइरहेका छौं।’

Advertisement

अमेरिकी संसदमा निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा आक्रमण भएपछि यस पटक कडा सुरक्षा घेराबीच राष्ट्रपतिको सपथ ग्रहण सम्पन्न गरिएको हो । कार्यक्रममा ट्रम्प सहभागी भएनन् । विगतमा राष्ट्रपतिले नै कार्यभार हस्तान्तरण गर्ने परम्परालाई ट्रम्पले वेवास्ता गर्दै हस्तान्तरण कार्यक्रम शुरु हुनुअगावै ट्रम्पले ह्वाईट हाउस छाडेका थिए । 

निर्वाचन निष्पक्ष नभएको भन्दै उनले परिणाम स्वीकार गर्न मानेका छैनन् । बाइडेन र पहिलो महिला उपराष्ट्रपति कमला ह्यारिस एक महिनाअघि निर्वाचित भएका हुन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर बाइडेनले शपथ लिए । 

Advertisement

Advertisement