स्वदेशमै प्याकेजिङ उद्योगलाई प्रवद्र्धन गर्ने सरकारी प्रतिवद्धता बजेट भाषणमै सीमित

Advertisement

वीरगञ्ज । सरकारले चालू आर्थिक वर्ष २०७७–७८ को बजेटमार्फत स्वदेशी औषधि उद्योगले स्थानीय उद्योगबाट किनेको प्याकेजिङ मेटेरियलमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने घोषणा गरेपछि प्याकेजिङ उद्योगी उत्साहित भए । विगत १७ वर्षदेखि उठाइएको माग पूरा भएको भन्दै प्याकेजिङ उद्यमीमा पलाएको यो उत्साह धेरै दिन टिक्न भने पाएन ।

औषधि उद्योगले स्वदेशी उद्योगबाट प्याकिङ मेटेरियल नकिनेपछि प्याकेजिङ उद्योगी निराश बनेका छन् । सरकारले बजेटमार्फत औषधि उद्योगले स्वदेशमा किनेको मेटेरियलमा भ्याट फिर्ता दिने भने पनि औषधि उद्योग उदासीन देखिएको प्रिन्टो प्याक उद्योगका प्रबन्ध निर्देशक रवीन्द्र बरनवालले बताए ।

Advertisement

औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ मेटेरियल किन्दा तिरेको भ्याट छूट दिने घोषणा बजेटमा गरिएको थियो । तर, औषधि उद्योगहरूले यो सुविधा उपयोगमा चासो देखाएका छैनन् ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement