इन्भेष्टमेन्ट बैंकको खुद नाफा ४.७७ प्रतिशतले घट्यो

Advertisement

कठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड ३६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४.७७ प्रतिशतले थोरै हो । 
बैंकले गत वर्षको यसै अवधीमा १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको देखिन्छ । बैंकको यस अवधीसम्ममा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमसः २.६४ प्रतिशत र २.०८ प्रतिशतले घटेको छ । बैंकको आम्दानी ३ अर्ब १० करोड ३८ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

Advertisement

यता सञ्चालन नाफा २ अर्ब ३६ करोड ३९ लाख ५१ हजार रुपैयाँ रहकोे छ ।  बैंकको यस त्रैमाससम्म चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेको छ । यस्तै बैंकको रिजर्भ फन्डमा १२ अर्ब १५ करोड ४५ लाख रुपैयाँ रहेको छ । 

बैंकले हालसम्म १ खर्ब ६६ अर्ब ३३ करोड ४६ लाख ९६ हजार रुपैयाँ निक्षप संकलन गरेको छ, भने १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख १६  हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १७ पैसा र प्रति सेयर नेटवर्थ २०९ रुपैयाँ २२ पैसा रहेको बैंकले जानकारी दिएको छ । 

बैंकको खराब कर्जा ०.१५ प्रतिशतले घटेर २.७५ प्रतिशत कायम भएको छ । गत वर्षको यसै अवधीमा खराब कर्जा २.९० प्रतिशत थियो । 
 

Advertisement

Advertisement