भारतले अनुदानमा दिएको भ्याक्सिन आइपुग्यो, स्वास्थ्यकर्मीलाई प्राथमिकता

Advertisement

काठमाडौं । भारतले अनुदान सहयोग गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन काठमाडौं आइपुगेको छ । एयर इन्डियाको विमानबाट बिहीबार १० लाख डोज भ्याक्सिन नेपाल ल्याइएको हो । 

भ्याक्सिन भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरे । त्रिभुवन विमानस्थलमा क्वात्राले त्रिपाठीलाई भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।

Advertisement

यो भ्याक्सिन केही दिनभित्रमा कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकहरुलाई प्रयोग गरिने जनाइएको छ । आफ्ना छिमेकी मुलुकहरुलाई अनुदानमा भ्याक्सिन दिएर सहयोग गर्ने कुटनीति अपनाएको भारतले आजै बँगलादेशलाई पनि भ्याक्सिन पठाएको छ । उसले भुटान, म्यानमार, श्रृलंका र माल्दिभ्सलाई पनि भ्याक्सिन पठाइसकेको छ । 

सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड भ्याक्सिन भारतले छिमेकीहरुलाई दिइरहेको छ । भारतले भुटानलाई डेढ लाख, मालदिभ्सलाई एक लाख, बङ्गलादेशलाई २० लाख डोज भ्याक्सिन दिएको छ । 

Advertisement

Advertisement