सामलिङ पावरले ५० लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

Advertisement

काठमाडौँ । सामलिङ पावर कम्पनीले ५० करोड रुपियाँको बराबरको ५० लाख कित्ता साधारण शेयर निष्काशनका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दर्ता गराएको छ । 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार कम्पनीले सेबोनमा माघ ५ गते निवेदन दर्ता गरेको हो । 

Advertisement

सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजन निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो । 

आयोजना प्रभावित स्थानीय र अन्य सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न अनुमति मागिएको जनाएको छ । 

Advertisement

Advertisement