सोनापुर सिमेन्टले २ करोड कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Advertisement

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र बिक्री प्रबन्धकमा प्रबन्धक नियुक्त गरेको छ ।

साधारण शेयर(आईपीओ) शेयर निष्काशनको प्रक्रिया अघि बढाउँदै एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Advertisement

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडका प्रबन्ध सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा तथा सहायक महाप्रबन्धक  सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

दाङ जिल्लामा अवस्थित कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता साधारण शेयर (स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणका लागि) निष्काशन गर्ने तयारी गरेको छ । 


 

Advertisement

Advertisement