‘मांशहारी’ आन्दोलनको चेतावनीपछि आज शक्ति प्रदर्शन गरिँदै, सुरक्षा व्यवस्था कडा गरियो

Advertisement

काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल प्रचण्डले साकाहारी आन्दोलनबाट नहुने भन्दै मांशहारी आन्दोलनका लागि आफ्ना कार्यकर्तालाई निर्देशन दिएपछि शुक्रबारको उक्त समूहको प्रदर्शनलाई दृष्टिगत गरी सुरक्षा बढाइएको छ । 

प्रचण्ड–माधव समूहको आजको प्रदर्शनलाई लक्षित गरी बिहीबार बेलुकीदेखि नै राजधानी काठमाडौंमा सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ । प्रदर्शनमा हिंसात्मक गतिविधि हुन नदिन जनधनको क्षति हुन नदिन सुरक्षा सतर्कता अपनाउनुपरेको प्रहरीले जनाएको छ । 

Advertisement

संसद विघटन गर्ने सरकारको निर्णयको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले श्रृखलावद्धरुपमा सडक प्रदर्शनलगायतका गतिविधि गर्दै आएको छ । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भन्दै सो समूहले संसद पुनःस्थापना हुनुपर्ने लडान राख्दै आएको छ । ओलीले भने कुनै पनि हालतमा संसद पुनःस्थापना नहुने भन्दै चुनावको तयारीमा लाग्न सल्लाह दिँदै आएका छन् । 

प्रचण्ड–माधव समूहले आजको प्रदर्शनका लागि काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतार्ने तयारी गरेको छ । 

Advertisement

Advertisement