चन्द्रागिरिको आईपीओ बाँडफाँट, तपाईलाई पनि पर्यो कि ?

Advertisement

काठमाडौँ । चन्द्रागिरी हिल्सको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा एक समारोहका बीच गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको हो । 

बिक्री प्रबन्धकका अनुसार आईपीओका लागि आवेदन दिएका १२ लाख ५१ हजार १० मध्ये आवेदन १२ लाख ११ हजार ११५ कायम जना आवेदक योग्य भएका थिए । ती मध्ये गोलाप्रथाबाट  १ लाख ३९ हजार ६ सय २ जनाले १०-१० कित्ताका दरले शेयर पाएका छन् । बाँकी १० लाख ७१ हजार ५ सय १३ जनाको हात खाली भएको छ । 

Advertisement

पुस २४ गते देखि २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो । 

Advertisement

Advertisement