टी-१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएई प्रस्थान

Advertisement

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी-१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् । 

खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने छन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्ने छन् । टी-१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई गइसकेका छन् । उनी रेबियन्स टोलीबाट खेल्ने छन् ।  

Advertisement

टी-१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएनन् । खड्काले भने एउटा खेल खेलेका थिए । टी-१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।  

Advertisement

Advertisement