प्रचण्ड–माधव समूहको राजधानीमा शक्ति प्रदर्शन जारी, सर्वसाधारण यात्रुलाई भने सास्ती

Advertisement

काठमाडौँ । संसद विघटनको विरोधमा नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहल‍े शुक्रबार विरोध प्रदर्शन गरेको छ । तराईदेखि पूर्व र पश्चिमबाट कार्यकर्तालाई काठमाडौं ल्याएर उक्त समूहले प्रदर्शन गरेको हो । 

राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस टुँडिखेलको छेउमा भेला भएको छ । भाषण गर्न मुख्य सडकको बीच भागमा मञ्‍च तयार गरिएको छ। प्रचण्ड–माधव समूहको प्रदर्शनका कारण बिहानैदेखि गन्तव्यमा हिँडेका सर्वसाधारण यात्रुहरुको बिचल्ली भएको थियो । प्रहरीले सार्वजनिक यातायातलाई चक्रपथभित्र छिर्न नदिएपछि यात्रुहरु हिँडेर गन्तव्यमा पुग्न बाध्य भएका थिए । 

Advertisement

प्रचण्ड–माधव समूहको प्रदर्शनकै कारण टुडिखेलको वरिपरिको सडक भएर जाने यात्रु र सवारी पनि प्रभावित बनेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यतिबेला उपत्यकाका सबैजसो मुख्य सडकमा सवारी आगमन प्रभावित भएको छ । यसले गर्दा विरामी बोकेर अस्पताल जाने एम्बुलेन्ससहितका आपतकालिन् सेवाहरु प्रभावित बनेका छन्।

प्रचण्ड–माधव समूहले आज एक लाख कार्यकर्तालाई काठमाडौंमा उतार्ने जनाएको छ । 

Advertisement

Advertisement