राष्ट्रपति फेरिएपछि अमेरिकी राजदूत प्रधानमन्त्री ओलीलाई भेट्न पुगे

Advertisement

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपतिले कार्यभार सम्हालेसँगै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । 

बुधबार मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेर आफ्नो नयाँ नीति कार्यान्वयनमा ल्याएपछि राजदुत बेरी ओलीलाई भेटन् पुगेका हुन् । अमेरिकामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका वाइडन बिजयी भएर कार्यभार सम्हालेका हुन् । 

Advertisement

बेरीले नयाँ राष्ट्रपतिको विश्वव्यापी र नेपाल प्राथमिकताको बारेमा नेपालका नेताहरुलाई जानकारी गराउने र छलफल गर्ने क्रममा ओलीलाई भेटेका हुन् । भेटमा बेरीले वाइडनको प्राथमिकताबारे जानकारी गराएको अमेरिकी दूतावासले जनाएको छ । उनले नेपालका अन्य नेताहरुलाई पनि यस विषयमा भेट्ने जनाइएको छ । 

पद सम्हालेसँगै बाइडेनले ट्रम्प प्रशासनका नीतिहरुलाई उल्ट्याउन थालेका छन् । उक्त परिवर्तनको असर नेपाललाई पनि पर्ने कतिपय विश्लेषकहरुको विश्लेषण छ । 

Advertisement

Advertisement