ओलीले संघीय गणतन्त्र र संविधानसँगै शान्ति प्रक्रिया पनि खारेज गर्न लागेः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन बर्षमा प्रधानमन्त्री केपी ओलीलाई तह लगाउन नसकिएको भन्दै आत्मालोचना गरेका छन् । शुक्रबार उक्त समूहको विरोध सभामा प्रचण्डले ओलीलाई चिन्ह नसकिएको, सुध्रिन्छन कि ? भनेर पर्खिंदा धोका खाएको बताए । 

उनले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको पनि स्वीकार गरे । आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास गरेको तर काम गर्न नसकिएको तर्क गरे । ओलीमा प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति रहेको प्रचण्डले बताए । 

Advertisement

ओलीले संघीय गणतन्त्रसँगै शान्ति प्रक्रिया विघटन गर्न खोज्दैछन् भन्दै प्रचण्डले सावधान ! भने । उनले केपी ओलीलाई मात्र दोष दिएर हामी चोखै हुन्छौं भन्ने लागेको छैन भन्दै अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं भने । प्रचण्डले ओलीलाई साइबर सेनालाई स्याल सेना भने । आफूहरु राष्ट्रप्रति इमान्दार रहेको उनको जिकिर छ ।

सोही समूहका अर्का नेता माधव नेपालले ओलीसँग आफूहरु नझुक्ने बताए । उनले ओली ‌कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको जिकिर गर्दै उनीसँग मिलेर जाने अवस्था नरहेको बताए । 

नेपालले भने, ‘एउटा कुरा कसैले भ्रममा नराख्नु होस् । फेरि केपी ओलीसँग यो नेकपाले झुक्ने कुनै काम गर्ने छैन । अब फेरि सँगसँगै जाने स्थिति बन्ला भनेर कसैले भ्रम नपाले हुन्छ ।’

ओलीलाई पार्टी सदस्यबाट निस्कासन गर्ने प्रक्रिया अगाडि बढिसकेको उनको भनाई छ । ओली सच्चिन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला भन्दै उनले ओलीले ५० वर्षसम्म दुःख मात्रै दिएको गुनासो गरे । 

 

Advertisement

Advertisement