प्रचण्ड–माधव समूहलाई ओलीको चुनौति– शक्ति प्रदर्शन कस्तो हुन्छ ? २३ गते हेरौला

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको शुक्रबारको विरोध प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरेका छन् । 

आफ्नो समूहको पेशागत कार्यकर्ता भेलामा शुक्रबार ओलीले प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भन्दै भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’

Advertisement

प्रचण्ड–माधव समूहको सभातर्फ औंल्याउँदै ओलीले भने, ‘खुट्टी देखेरै पत्याइयो ।’ उहाँहरूको सभामा हामी भन्दा (कार्की ब्याङकेटमा भएका भन्दा) अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’

संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिनसमेत ओलीले चेतावनी दिए ।

Advertisement

Advertisement