सडक कस्को कब्जामा जाँदैछ ? गणतन्त्र पक्षधरकोमा ? वा राजसंस्था पक्षधरकोमा ?

Advertisement

काठमाडौं । एक जना विश्लेषकले सडकलाई विभिन्न पक्षले कब्जा गर्ने प्रयास गरेको तर देश बनाउँछु भनेर कुनै समूह वा पार्टी सडकमा आउन नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । 

डा. अम्बरिश पोखरेलले सामाजिक सञ्जालमा टिप्पणी गर्दै देश बनाउने भन्दा पनि सडक कब्जा गर्नेतर्फ ध्यान गएको भन्दै देशमा संवृद्धि हासिल गर्नको लागि चाहिने विशेष योजना नयाँ समूह वा पार्टी अगाडि आउनुपर्ने खाँचो औंल्याएका छन् । 

Advertisement

उनलेको टिप्पणी यस्तो छः 
सडक कस्को कब्जामा जाँदै छ ?
१. गणतन्त्र पक्षधरहरुको ?
२. सांस्कृतिक राजसंस्था पुनर्स्थापित गर्नुपर्छ भन्नेहरुको ? 
३. नेपालका रैथाने सनातन धर्मालम्बीहरुको ? 
४. संघीयता खारेज गर्नुपर्छ भन्नेहरुको ? 
५. देश जेसुकै होस आफू र आफ्नाहरुले राष्ट्रको ढुकुटीमा मोज गर्न पाउनुपर्छ भन्नेहरुको ? 
६. तर, देशमा समृद्धि हासिल गर्नको निम्ति चाहिने विशेष प्रकारका योजनाहरुसहित कुनै पार्टी वा समुह सडकमा आएको देख्नु भएको छ ? 
एकदेखि छ नम्बर सम्ममा कुन कुन नम्बर चाहिएको हो देशलाई ? पुनः यक्ष प्रश्न खडा भएको छ । 

Advertisement

Advertisement