महासंघको पूँजी बजार फोरम बिस्तार, को को थपिए ?

Advertisement

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले आज पूर्णता पाएको छ । अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा १३ सदस्यीय फोरम बिस्तार गरिएको हो ।

समितिको उपसभापति रामशरण थपलिया र सदस्यहरुमा मेखबहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णु प्रसाद बस्याल रहेका छन् । त्यसैगरी आमन्त्रित सदस्यहरुमा अनन्तकुमार पौडेल र उषा खतिवडा, सल्लाहकारहरुमा कुमारकेशर विष्ट र ध्रुव तिमिल्सिना छन् ।

Advertisement

आजै बसेको फोरमको कार्यसमितिको पहिलो बैठकले विभिन्न १० बुँदाका आधारमा शेयर बजारलाई अग्रगामी दिशामा लैजान पहल गर्ने निर्णय गरेको छ । महासघंको छवि तथा प्रतिष्ठालाई अझ बढी शशक्त रुपमा अगाडि बढाउन काम गर्ने, पूँजीबजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको बिकास र विस्तार गर्ने, पुँजीबजारमा वैदेशिक लगानी भित्रयाउन पहल गर्ने लगायतका निर्णय गरिएको फोरमका सभापति पौडेलले बताए । 

Advertisement

Advertisement