जसपाभित्र तिक्तता बढ्यो, उपेन्द्रलाई हिम्मत भए कार्यक्रम गरेर देखाउन चुनौति

Advertisement

काठमाडौं । मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टीमा शीर्ष नेताबीचको तिक्तता झन बढेको छ। राजकिशोर यादवनिकट कार्यकर्ताहरू आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन्। राजकिशोरनिकट नेता तथा पार्टीका केन्द्रीय सदस्य राहुल यादवले भने, ‘मेरो गृह जिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौ। हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुहोस्।’

आफ्नै गृह जिल्ला सिराहामा उपेन्द्रले राजकिशोरलाई अपमान गरेको बताउँदै भने, ‘यो त अति नै भयो। अब चुप लाग्दैनौ।’ माघ ३ गते जसपाले सिराहमा गरेको विरोध प्रदर्शनमा राजकिशोरलाई चौथौ मर्यादामा राखिएको थियो। पहिलोमा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी, तेस्रोमा विजय यादव र चौथामा राजकिशोरलाई राखिएको थियो। यसबाट राजकिशोर आक्रोशित भएका छन्। 

Advertisement

आफूलाई अपमानित गरेको महशुस गर्दै उनले सिराहाको कार्यक्रम नै बहिस्कार गरेका थिए। त्यसयता उनी पार्टीका सबै सार्वजनिक कार्यक्रम बहिस्कार गरेका छन। स्रोतका अनुसार उनी पार्टी कार्यालयमा समेत गएका छैनन्। आफनै गृह जिल्ला कार्यक्रम हुँदा पनि उनी काठमाडौंमै बसे। यसबारेमा राजकिशोर सार्वजनिक रूपमा बोलेका छैनन तर राजकिशोर निकट कार्यकताले भने पार्टी अध्यक्ष उपेन्द्रप्रति आक्रोश पोखेका छन्।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement