पूर्वलडाकुलाई बोलाएर छलफल गर्दै ओलीले भने– प्रचण्डले धोका दिए पनि म दिन्न

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले तत्कालिन माओवादीका लागि लडेका पूर्वलडाकूहरुलाई शनिबार बालुवाटारमा बोलाएर छलफल गरेका छन् ।

छलफलमा नेकपा (प्रचण्ड–माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै विगतका नेताहरुले धोका दिए पनि आफूले धोका नदिने आश्वासन दिए । उनले जनयुद्धको अवधिमा पूर्वलडाकुहरुले गरेको योगदान, त्यागको सम्मान गर्ने बताउँदै भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’ 

Advertisement

भेटमा सहभागी लेनिन विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन् । छलफलमा भएका धेरै विषय बाहिर नभन्ने भद्र सहमति भएको छलफलमा पूर्वलडाकुहरुले ओलीको पार्टीलाई साथ दिने सहमति जनाएको समाचार छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले उनीहरुलाई सम्बोधन गर्दै नेतृत्वले जनमुक्ति सेनाको भावनाको दुरुपयोग गरेको र अब राजनीतिक रुपमा समस्याको वास्तविक समाधान हुने आश्वासन दिएका हुन्। 

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा जनमुक्ति सेनाका केही पूर्वकमाण्डर प्रधानमन्त्री ओली समूहमा पुगेका छन्। छलफलमा ओलीले भनेका थिए, ‘नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो। यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं।’

Advertisement

Advertisement