‘बिगत तीन दशकदेखिको असफल राजनीतिक नेतृत्व र भ्रष्टाचारीहरु एकदिन दण्डित हुनैपर्छ’

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले बिगत तीन दशकदेखिको असफल राजनीतिक नेतृत्व र भ्रष्टाचारीहरुले एक दिन दण्डित हुनैपर्ने बताएका छन् । 

दण्डित हुने क्रममा जसले जसलाई सिध्याउन भए पनि फाइल खोलौं भन्दै उनले सामाजिक सञ्जालमार्फत आव्हान गरेका छन् । 

Advertisement

लिङदेन लेख्छन्– विगत ३ दशकदेखि नेपाली राजनीतिमा नेतृत्व गर्दै आएको पुस्ता पूर्णरूपमा असफल भएको छ.....। सबै त भन्दिन तर अधिकांश भ्रष्ट छन्। यही कालखण्डमा हिंसाको राजनीतिले वैधानिकता प्राप्त गरेको छ। मलाई सधैँ विश्वास छ एक न एक दिन सबैले दण्डित हुनैपर्नेछ। जसले जसलाई सिध्याउन भएपनि फायल खोले हुन्छ।’ 

विगत ३ दशकदेखि नेपाली राजनीतिमा नेतृत्व गर्दै आएको पुस्ता पूर्णरूपमा असफल भएको छ......सबै त भन्दिन तर अधिकांश भ्रष्ट छन्।
यही कालखण्डमा हिंसाको राजनीतिले वैधानिकता प्राप्त गरेको छ।
मलाई सधैँ विश्वास छ एक न एक दिन सबैले दण्डित हुनैपर्नेछ।
जसले जसलाई सिध्याउन भएपनि फायल खोले हुन्छ।

— Rajendra Lingden (@RajendraLingden) January 24, 2021

Advertisement

Advertisement