सुनको मूल्यमा सामान्य गिरावट

Advertisement

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार नौ सय रुपियाँ रहेको छापावाला सुनको मूल्य आरुइतबार तिन सय रुपियाँले घटेर ९२ हजार छ सय रुपियाँ कायम भएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि तिन सय रुपियाँले नै घटेर ९२ हजार एक सय रुपियाँमा कारोबार भइरहेको नोपल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार यसको मूल्य ९२ हजार चार सय थियो । 

Advertisement

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement