आयसर ब्राण्डका सवारी किन्दा हिमालयन बैंकबाट सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा

Advertisement

काठमाडौँ । आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिप्परहरु खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैक र बतास अर्गनाईजेशन अन्र्तगत रहेको ईष्टर्न एजेन्सी प्रालिबीचसम्झौता भएको छ । 

सम्झौतामा हिमालयन बैंकका कार्यकारी अधिकृत जयेन्द्र विक्रम शाह तथा ईस्टर्न एजेन्सीको तर्फबाट प्रालिका प्रमुख कार्यकारी अधिकृतसुनिल थापाले हस्ताक्षर गरेका हुन् । 

Advertisement

ईन्टर्न एजेन्सी प्रालि आयसर ब्राण्डका विभिन्न सवारी साधनहरु विक्री गर्ने नेपालको आधिकारीक विक्रेता हो । आयसर ब्राण्डका सवारी साधन खरिद गरी स्वरोजगार बन्न चाहने ब्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको छ भने ग्राहकले सर्व सुलभ ब्याजदरमा अधिकतम ५ वर्ष सम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैकका नेपाल अधिराज्य भरी रहेका शाखाहरुबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेशनका प्रबन्ध सन्चालक शान्तराज बतासले जानकारी दिए । 

साथै आयसर ब्राण्डका सवारी साधन खरिद गर्न नेपालको पुर्वमा विर्तामोड देखि पश्चिममा धनगढी सम्म २० भन्दा बढि शाखा तथा आधिकारी विक्रेताहरु रहेका छन् । ग्राहकहरुले ईस्टर्न एजेन्सीको जुनसुकै शाखाहरुबाट सवारी साधन खरिद गर्दा पनि यो सुविधा प्राप्त गर्ने छन् । हाल नेपालमा आयसर ब्राण्डका करिव २० हजार सवारी साधनहरु गुडीरहेका छन् भने सवारी साधनमा लाग्ने पार्टसहरुका लागि दुई सय भन्दा बढी पार्टसका विक्रेताहरु छन् ।

Advertisement

Advertisement