इन्फिनिक्सले लन्च गयो नोट ८आई स्मार्टफोन

Advertisement

काठमाडौँ । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधाहरूको साथ, प्रयोगकर्ताहरुलाई जम्मा रु २१,४१० मा अविश्वसनीय गेमिङ र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८ आइ लिएर आएको छ । ग्राहकहरूले इन्फिनिक्स नोट ८ आई १५ माघ (२८ जनवरी) देखि दराज मार्फत प्रिबुक गर्न सक्दछन् ।

अक्टाकोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज ५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८” इन्फिनिटी ओ डिस्प्ले, ६ जीबी राम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनका साथ सुसज्जित ४८ एमपीको क्वाडक्यामेरा सेटप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरुका साथ् इन्फिनिक्स नोट आईले प्रयोगकर्ताहरुलाई एक उत्तम र किफायती स्मार्टफोन प्रदान गर्दछ । 

Advertisement

यसको जी ८० प्रोसेसरले फोनको भारी प्रयोग गर्दा पनि एकदमै दुरुस्त रेस्पन्स टाईम र ल्याग बिनाको अनुभव प्रदान गर्दछ । साथै मेडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजीले लगातार विद्युत खपत, तापक्रम, र प्रयोगको ढाँचा मापन गर्ने भएकोले सिपियु, जीपीयु र रामको व्यवस्थापनमा मद्दत गर्दछ र भारी प्रयोगको अवस्थामा पनि प्रयोगकर्तालाइ सकेसम्म सहज अनुभव प्रदान गर्ने सुनिश्चित गर्दछ । यसका साथै यसको वैज्ञानिक डिजाइन र बलियो बडी, अल्ट्रानाइट भिजन भएको ४८ एमपीको क्वाडक्यामेरा सेटपले रातमा पनि सुन्दर तस्बिरहरू र हाइ रेजोलुसन भिडियोहरू खिच्न सम्भव बनाउँदछ । साथै, यसको पावर म्याराथन सुविधा र ठूलो ब्याट्रीले , प्रयोगकर्ताहरूलाई लामो समय सम्म फोन प्रयोग गर्न मिल्ने र बारम्बार रिचार्ज गर्नु पर्ने समस्याबाट छुटकारा दिलाई दिन्छ । 

यी सबै सुविधाहरु २२००० भन्दा कमको मूल्यमा पाइनेछ । यस मूल्यमा अन्य कुनै स्मार्टफोनले त्यस्तो उल्लेखनीय सुविधाहरू र क्षमताहरू प्रदान गर्दैन । त्यसैले इन्फिनिक्स नोट ८ आइ लाई “गेम चेन्जर” फोन भनिन्छ । यसका निर्माताहरूका अनुसार यो स्मार्टफोन उनीहरूका लागि उत्तम हो जो किफायती मूल्यमा एकदमै सुलभ स्मार्टफोन खरिद गर्न चाहन्छन् । अब १५ माघ (२८ जनवरी) देखि रु २१,४९० को मूल्यमा केवल दराज अनलाइन शपिंग मार्फत यस स्मार्टफोन प्रिबूकिंग गर्न उपलब्ध हुनेछ । त्यसैले नयाँ इन्फिनिक्स नोट आई खरिद गर्न दराज एप डाउनलोड गर्नुहोस् अथवा दराजको वेबसाइटमा जान सकिन्छ । 

Advertisement

Advertisement