वर्ल्डलिंकले नेपालमै विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गर्ने

Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालमै विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गर्ने भएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी सोसम्वन्धी जानकारी दिएको हो ।

विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले बृद्धि भइरहेक, जसले गर्दा इन्टरनेटको पूर्वाधारमा दबाव र प्रयोगकर्तालाई प्राप्त हुने इन्टरनेटको अनुभव र गति बिग्रिदै गएको भन्दै वर्ल्डलिंकले गुणस्तरिय किसिमको इन्टरनेट प्रयोगका लागि प्रयोगकर्ताहरूको नजिक स्थानीय रूपमै सर्भरहरू हुनु आवश्यक ठानेर डाटासेन्टर निर्माण गर्न लागेको बताएको छ । 

Advertisement

डाटासेन्टरले इन्टरनेट सामग्रीहरुलाई प्रयोगकर्ताहरूको लागि भण्डारको काम गर्दछ। नेपालले इन्टरनेट ट्राफिकमा पनि डिजिटल सेवाहरूको उपयोगमा उल्लेखनिय बृद्धि हुने सम्भावना देखिरहेको वर्ल्डलिंकको भनाई छ । 

सरकारले डिजिटल नेपाललाई राष्ट्रिय गौरव परियोजनाको रूपमा घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै कम्पनीका अधिकारीहरुले दूरसंचार पूर्वाधार, नेटवर्क र विकसित प्रबिधिको ठूलो आवश्यकता पर्ने अबको परिस्थितिमा डाटासेन्टरको स्थापना महत्वपूर्ण उपलब्धी हुने बताएका छन् । 

सरकार र निजी क्षेत्रका संस्थाहरूले छिटो उच्च प्रबिधियूक्त डिजिटल प्रबिधिहरूसँग आफूलाई पनि अनुकूल बनाउनुपर्ने खाँचो पनि वर्ल्डलिंकले औंल्याएको छ । उसले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ, ‘साथै, क्लाउडमा आधारित सेवाहरुमा समेत छिटो भन्दा छिटो अघि बढ्नु पर्नेछ । यस आवश्यकतालाई पूरा गर्न नेपालभित्र एक सुरक्षित र भरपर्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त तथा सुबिधा भएको डाटासेन्टर हुनु हालको समयको आवश्यकता रहेकोछ ।’

वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने जानकारी दिएको छ । १४ डाटसेन्टरमध्ये काठमाडौंको डाटासेन्टर सबैभन्दा ठूलो , अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ । बाँकी डाटासेंटरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ । 

यी डाटा सेन्टरहरू तटस्थ र  सहप्रयोग सुविधायुक्त हनेछन  यसको अर्थ यो सुविधाले वर्ल्डलिंकको पूर्वाधार मात्र व्यस्थापन गर्दैन कि अन्य इन्टरनेटसेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र  सम्पूर्ण  देशलाई लाई चाहिने सूचना प्रबिधि , दुरसंचार पूर्वाधारको व्यवस्थापन गर्नेछ । 

आगामी ३ बर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न करिब तिन सय करोडको लगानी गर्ने छ। यसको उद्देश्य हाम्रो ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु हो। यी इन्टरनेट डाटासेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो,  सस्तो र अधिक विश्वसनीय स्तरको पाउनेछन । 

यहाँसम्म कि सरकारी र निजी संस्थाहरूले उनीहरूको आफ्नो डिजिटल र क्लाउडमा आधारित पूर्वाधारहरु संचालन गर्न एउटा धेरै नै सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त गर्नेछन । वर्ल्डलिंकले डाटासेन्टर निर्माणमा  नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिधुत प्राधिकरण तथा नेपाल सरकार संग सहकार्य गर्ने छ र यो पूर्वाधार डिजिटल नेपालकै अति महत्वपूर्ण पूर्वाधारको रुपमा  स्थापित हुनेछ ।

Advertisement

Advertisement