भिभोको नयाँ ‘वाई१२ एस’को प्रि–बुकिङ खुल्ला, उपहार कुपनसमेत पाइने

Advertisement

काठमाडौं । नेपालमा भिभोको वाई सेरिजको नयाँ मोडल वाई१२ एस’को प्रि–बुकिङ खुल्ला भएको छ । कोभिड १९ को असरलाई मध्यनजर गर्दै कम्पनीले कम मूल्यमा नयाँ फिचर राखेर वाई १२ एस फोनको प्रि–बुकिङ खुल्ला गरेको हो । 

कम्पनीले वाई१२ एसको मूल्य १७ हजार ९९९ रुपियाँ कायम गरेको छ। तर फेब्रुअरी १ देखि १३ सम्म एक हजार रुपियाँ तिरेर प्रि–बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९९९ मा पाउनेछन्। 

Advertisement

ग्राहकले एक हजार तिरेर प्रि–बुकिङ गर्दा तुरुन्तै दुर्इ हजारको कुपन पाउनेछन् । जसबाट फोनको मूल्यमा छुट पाइनुका साथै विभिन्न पुरस्कारको बिजेता पनि बन्न सकिन्छ । 

भिभो मोबाइलको लागि नेपालको आधिकारिक बिक्रेता एपेक्स मनोकामनाको काठमाडौंस्थित न्युरोड हेर्ने भगिनी सँस्था एपेक्स लिंक प्राइभेट लिमिटेडले आयोजना गरेको कार्यक्रममा एपेक्स मनोकामनाका वित्त प्रमुख सुशील न्यौपानेले फेब्रुअरी १ देखि १३ सम्म प्रि–बुकिङ खुल्ला गरिएको छ। 

फेब्रुअरी १४ (प्रणय दिवस)को अवसरमा न्युरोड क्षेत्रमा एक औपचारिक कार्यक्रमको आयोजना गोलाप्रथाबाट पुरस्कृतहरु छनौट गरिने एपेक्स मनोकामनाका सेल्स हेड कुनल सिंहले जानकारी दिए।

कम्पनीले १४ फेब्रुअरीमा अनलाइन लक्की ड्र कार्यक्रम मार्फत बिभिन्न पुरस्कार घोषणा गर्नेछ। जसमा प्रि–बुकिङ गर्ने ग्राहक मध्ये ३ जनालाई वाईटुएस १२ मोबाइल फोन उपहारमा दिनेछ भने सय जनालाई दुई हजार पाँच सय रुपियाँ कुपन अर्थात छुट दिनेछ। त्यस्तै पाँच सय जनालाई निःशुल्क मोबाइल स्क्रिन दिनेछ।  

यसका साथै कम्पनीले अफलाइन लक्की ड्र कार्यक्रमबाट समेत थप पुरस्कार घोषणा गर्नेछ। जसमा प्रि–बुकिङ गर्ने ग्राहकमध्ये १ जनालाई स्मार्ट टिभी, १ जनालाई वाई १२एस मोबाइल र २५० जनालाई भिभो ब्याग पाउनेछन। 

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले नयाँ फिचर सहितको वाईटुएस १२ मोडलको फोन नेपाली बजारमा उत्कृष्ट साबित हुने विश्वास व्यक्त गरेका छन्। 

Advertisement

Advertisement