नायिका सुष्मा कार्कीमाथि हातपात, श्वेताले पनि अपशब्द प्रयोग गरेको गुनासो

Advertisement

काठमाडौँ । अभिनेत्री सुष्मा कार्कीमाथि सोमबार राति हातपात भएको छ । लन्डन पबमा रहेको बेला अर्की अभिनेत्री श्वेता खड्कार्की बहिनी आरतीले आफूमाथि हातपात गरेको कार्कीको भनाई छ । 

उनले हातपातविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी पनि दिएको जनाएकी छन् । उत्सब रसाइलीसँग कुरा भइरहेको बेला दुई जना केटाहरु आएर आफूलाई अपशब्द प्रयोग गरेको र आरतीले कपाल तानेर आफूलाई लछारपछार गरेको कार्कीको भनाई छ । 

Advertisement

आफूमाथि हातपात र अपशब्द प्रयोग गरेको प्रमाणसमेत रहेको भन्दै उनले दोषीहरुलाई कडा कारवाहीको माग गरेकी छन् । त्यस क्रममा हालै निकै तामझामका साझ श्वेतासँग विवाह गरेका विजयन्द्र राउन पनि सँगै थिए । 

Advertisement

Advertisement