खाद्य कम्पनीले छ दिनमै १६ लाखको मार्सी चामल बेच्यो

Advertisement

काठमाडौं । खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपियाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चामलको विक्री शुरू गरेको हो ।

कम्पनीले प्रतिकिलो २ सय २५ रुपियाँका दरले हाल सम्म कुल १६ लाख २ हजार २ सय २५ रुपियाँ बरावरको ७ सय २१ केजी चामल विक्री गरिसकेको छ । विक्री शुरू गरेको पहिलो दिनमै खाद्यले २० हजार ९ सय २५ रुपियाँको ९३ किलो चामल विक्री गर्न सफल भएको थियो । दोस्रो दिनमा ३२ हजार ४ सय रुपियाँको १४४ किलो बिक्री भयो ।

Advertisement

तेस्रो र चौथो दिनमा क्रमशः ६ हजार ९ सय ७५ रुपियाँको ३१ किलो र १७ हजार ३ सय २५ रुपियाँको ७७ किलो विक्री चामल विक्री भएको थियो । त्यसैगरी पाँचौं दिन ४२ हजार ३ सय रुपियाँको १८८ किलो विक्री भएकोमा छैटौं दिन पनि त्यति नै मूल्य बराबरको १ सय ८८ किलो चामल विक्री भएको कम्पनीले जानकारी दिएको छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement