काठमाडौं। डिशहोमको रियालिटि टिभि (च्यानल नं. १०२)ले हरेक शुक्रबार साँझ ७ः३० बजे चम्सुरीसगँ चिया गफ प्रशारण गर्ने भएको छ ।
विगत १५ बर्षदेखि चम्सुरी उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले कार्यक्रम सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुने यस कार्यक्रमको पहिलो भाग भोलि शुक्रबार प्रशारण हुनेछ।