आफूहरुको पेशा व्यवसाय संकटमा परेको भन्दै ट्याक्सी चालक र व्यवसायीको विरोध प्रदर्शन

Advertisement

काठमाडौं । आफूहरुको पेशा व्यवसाय संकटमा परेको भन्दै ट्याक्सी चालक तथा व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । 

शनिबार नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले गरेको प्रदर्शनमा दर्जनौं ट्याक्सीहरु सडकमा उतारिएको थियो । चालक तथा व्यवसायीहरुले आन्दोलनका क्रममा ट्याक्सी जलाइएको घट्नाको चर्को विरोध गर्दै क्षतिपूर्ति दिँदैमा पीडितलाई न्याय नमिल्ने बताएका थिए । 

Advertisement

उनीहरुले टुटल र पठाओका साथै रातो प्लेटका गाडिहरुले भाडामा यात्रुहरु ओसार्ने काम गर्दा आफूहरुको लगानी र पेशा संकट परेको भन्दै यसलाई राज्यले रोक्नुपर्ने माग अघि सारेका थिए । समयसापेक्षा भाडादर निर्धारण नगर्दा र शान्ति सुरक्षाको सुनिश्चितता नहुँदा ट्याक्सी व्यवसायी र चालकहरु मारमा परेको माइतीघरमा आयोजित कोणसभामा बोल्नेहरुले बताएका थिए । 

अगुवाहरुले आफूहरुले लिएको बैंकको ऋण सरकारले तिरिदिन्छ भने आफूहरु ट्याक्सी थन्क्याउन तयार रहेको बताउँदै १२ हजार ट्याक्सी र हजारौं चालकहरुप्रति राज्य अनुदान बनेको गुनासो गरेका थिए । ट्राफिक प्रहरीले पनि आफूहरु र निजी गाडिहरुलाई विभेद गर्ने गरेको उनहरुको गुनासो थियो । 

Advertisement

Advertisement