वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना

Advertisement

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले  इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना  ‘तहल्का’ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने दुईसयभन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु. ७९९ मै पाउने छन् । 

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल भन्छन्, ‘इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी ‘तहल्का’ योजना ल्याएका छौ । यो अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू, सोसल मिडियालगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ ।’

Advertisement

यस योजनाले सरकारको डिजिटल नेपाल कार्यक्रमलाई समेत सघाउने प्रमुख कार्यकारी अधिकृत नेपालको भनाई छ । आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपियाँ मात्र शुल्क राखिएको उनले बताए । 

वर्ल्डलिंकले यस अफरसँगै नेटभीटी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा  ६० एमविपिएससम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ ।  ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार विभिन्न इन्टरनेट र टिभी प्याकेजहरू छनौट गर्न सक्नेछन् ।

 

Advertisement

Advertisement