सनराइज बैंकको डेपुटी सीईओमा आरती राणाको बढुवा, बैंकलाई अझै उचाईमा पुर्याउने प्रतिबद्धता

Advertisement

काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा आरती राणालाई नियुक्त भएकी छिन् । संचालक समितिको आज बसेको बैठकको निर्णय अनुसार राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् । 

विगत १९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेकी थिइन् । 

Advertisement

एसआइबिएम कलेज(भारतकोे पुने)बाट एमबिए गरेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ करियर सुरु गरेकी हुन् । एभरेष्ट बैंकमा पाँच वर्ष कार्य गरे पछि ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेकी र १२ वर्ष उक्त बैंकमा काम गरेकी थिइन् ।
  
राणाले बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पुर्याउन लागि पर्ने प्रतिबद्धता जनाइन् । 

Advertisement

Advertisement