घ्यू तेल, फलफूल, दाल तथा गेडागुडी, माछामासुको मूल्यवृद्धि १० देखि १७ प्रतिशतसम्म

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा ध्यू तथा तेलको मूल्य १७ प्रतिशतभन्दा बढिले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ महिनाको मुलुकको आर्थिक अवस्थाअनुसार पुस महिनामा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ध्यू तेल समूहमा सबैभन्दा धेरै रहेको छ । उक्त समूहको मूल्यवृद्धि अघिल्लो बर्षको सोही अवधिको तुलनामा १७ दशमलव ०१ प्रतिशत बढि रहेको छ । 

त्यस्तै, फलफूलको मूल्यवृद्धि १६ दशमलव ५८ प्रतिशत रहेको छ भने दाल तथा गेडागुडी समूहको मूल्यवृद्धि ११ दशमलव ४८ प्रतिशत र माछामासुको मूल्यवृद्धि १० दशमलव ६८ प्रतिशत रहेको छ । पुसमा बार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति जम्मा तीन दशमलव ५६ प्रतिशत मात्रै रहे पनि केही वस्तुहरुमा भने उच्च दरमा मूल्य वृद्धि गरिएको छ । विशेषगरी खाने तेलमा कच्च पदार्थको अभाव भन्दै चर्को मूल्यवृद्धि गरिएको छ । तेलको मूल्य बढेसँगै ध्यूको माग पनि बढेर मूल्य बढेको छ । 

Advertisement

Advertisement

Advertisement