इन्जिन मर्मत गर्ने कम्पनी छनौट नहुँदा निगमका ठूला जहाजहरु ग्राउण्डेड हुँदै

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले एयरबसको न्यारोबडी जहाज किनेको सात वर्ष भइसके पनि हालसम्म इन्जिन मर्मत गर्ने कम्पनीसमेत छनोट गर्न नसक्दा दुई जहाज ग्राउन्डेड हुने भएका छन् । 

सात वर्षअगाडि खरिद गरिएका दुई थान एयरबस ३२० का इन्जिन ओभरहललगायत मर्मत गर्ने कम्पनी छनोट नहुँदा जहाज नै ग्राउन्डेड गर्नुपर्ने अवस्था आएको हो । निगमका दुई ३२० जहाजका चार इन्जिनमध्ये ३ वटाको ओभरहल एकैपटक गर्नुपर्ने अवस्था आएको छ । एउटामा भने यसअघि नै समस्या आएपछि गत वर्ष दिल्लीमा नयाँ इन्जिन राखिएको थियो । 

Advertisement

ओभरहल गर्न एक महिनाभन्दा बढी समय लाग्छ । कम्पनी छनोट नहुँदा दुवै जहाजका इन्जिनको उडान समय एकैपटक सकिँदै छ । ३२० जहाजको इन्जिन १६ हजार घन्टा उडानपछि ओभरल गर्नुपर्ने हुन्छ । निगमले तत्कालै मर्मत गर्ने कम्पनी छनोट गरिहाले पनि दुवै जहाज एकैपटक मर्मतमा पठाउँदा निगमलाई उडान व्यवस्थापनमा कठिनाइ आउनेछ । न्यारोबडी जहाज उडान गर्नुपर्ने गन्तव्यमा समेत वाइडबडी जहाज एयरबस ३३० पठाउनुपर्ने अवस्था आउने निगम स्रोतको भनाइ छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement