Advertisement

यसअघि सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकले छिटोछरितो र प्रभावकारी सेवा दिन नसकिरहेको बेला नेपाल सहकारी बैंक स्थापना हुन लागेको छ । राष्ट्रिय सहकारी बैंकमा राजनीतिक हाबी भएको र उद्देश्यअनुसार काम गर्न नसकिरहेको बताइरहेको बेला झण्डै एक हजार सहकारी संस्थाका प्रतिनिधिहरु भेला भएर नेपाल सहकारी बैंक स्थापनाको निर्णय गरेका छन् । उक्त बैंक दर्ताका लागि सहकारी विभागमार्फत प्रक्रियासमेत अघि बढिसकेको छ । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीसँग गरिएको कुराकानीको सार प्रस्तुत छः 

एउटा सहकारी बैंक हुँदा हुँदै अर्को सहकारी बैंक ल्याउन लाग्नुभयो । किन यसको आवश्कता देखियो ?
नेपालमा दर्ता भएका ३५ हजार सहकारी र सक्रियरुपमा सञ्चालनमा रहेका ३० हजार सहकारी संघसंस्थालाई अहिलेको वर्तमान अवस्थामा चलिराखेको एउटा मात्र बैंक राष्ट्रिय सहकारी बैंकले सेवा सुविधा दिन असंभव छ । दूरदराजसम्मका सहकारी संस्थामा पहुँच पुर्याएर आम नागरिकलाई सेवा सुबिधा दिनको लागि हामीले नयाँ सहकारी बैंक ल्याउन लागेका हौं । 

Advertisement

नयाँ सहकारी बैंकको दर्ता प्रक्रिया कहिलेसम्म टुंगिन्छ ? 
सहकारी ऐन नियममा रहेको व्यवस्थाबमोजिमको प्रक्रिया पूरा गरेर हामीले भेला सम्पन्न गरेका छौं । हामीले माघ २५ गते नेपाल सहकारी बैंकको प्रस्तावित फाइल सहकारी विभागमा दर्ता गरेको छौं । अब यसमा विभागले नपुगेको कुरा माग गर्नेछ । यो प्रक्रिया पुरा भएपछि फाइल नेपाल राष्ट्र बैंकमा जानेछ । राष्ट्र बैंकले आवश्यक प्रक्रिया पूरा गरी विशेष निर्णय गरेर बैंक सञ्चालनको अनुमति दिन्छ । करिब ६ महिनाभित्र कारोबार सञ्चालनमा ल्याइसक्ने हाम्रो योजना रहेको छ । 

कारोबार सञ्चालनमा आएपछि यस बैंकलाई कसरी विस्तार गर्ने योजना बनाउनु भएको छ ? 
हामीले यो बैंक सञ्चालनको लागि पाँच वर्षे संभाव्यता अध्ययन प्रतिवेदन तयार पारेको छौं । पाँच वर्षभित्रमा करिब ८० ठाउँमा यसको शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएका छौं । हाम्रो उद्देश्य भनेको शहरको पुँजी सहकारीको माध्यमबाट गाउँ लाने, बैंकलाई व्यवसायिकरुपमा अगाडि लैजाने र नेपालको सहकारी क्षेत्रमा एउटा नमुना बैंकको रुपमा यसलाई स्थापित गर्ने हो । यस बैंकको प्रमुख उद्देश्य भनेको सहकारीमार्फत सहकारीका सदस्यहरुलाई उद्यमशील बनाउने बनाउने, राष्ट्रिय उत्पादन बढाउने र राष्ट्रिय अर्थतन्त्रको ३ वटा पिलरमा एउटा पिलरको रुपमा सहकारीलाई स्थापित गर्ने हो । 

सहकारी बैंक दर्ताको सुरुवाती चरणमा कति सदस्य समेट्नु भएको छ ? 
सहकारी विभागमा अहिले पाँच सय ७० सदस्यको फाइल पठाएको छ । हाम्रोमा नौ सय ७५ वटा फाइलहरु रहेका छन् । यो संख्या क्रमसः बढ्दै जानेछ । सहकारी बैंक दर्ता गराउनको लागि पाँच सय एक सदस्यको आवश्यकता पर्छ । त्यो प्रक्रिया पूरा भएको छ । एक वर्षभित्र पाँच बजारभन्दा बढि संघसंस्थालाई यसमा आवद्ध गराउने हाम्रो लक्ष्य रहको छ । 

राष्ट्रिय सहकारी बैंकले कछुवा गतिमा काम गर्यो । यसमा राजनीति हावी भयो भन्ने भनिदै आएको छ । के यो नयाँ बैंकमा त्यस्तो हुँदैन, स्वछ ढगंले काम हुन्छ, प्रतिस्पर्धात्मक रुपमा काम गर्नुहुन्छ ? 
राष्ट्रिय सहकारी बैंक हाम्रो पनि बैंक हो । यसले उद्देश्य अनुसार काम गर्न सकिरहेको छैन् । यो बैंक सञ्चालन भएको १७ वर्ष पुरा भएर १८ बर्ष पुरा गर्न लाग्दा नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बैंकहरु सम्बन्धि व्यवस्था राख्न उहाँहरुले सक्नु पर्दथ्यो तर उहाँहरुले सक्नु भएन । नेपालमा सहकारी बैंकले फुलफेज बैंकको रुपमा कार्य गर्न सक्ने व्यवस्था हुनुपर्ने त्यो पनि लिन सक्नु भएन । अहिले राष्ट्रिय सहकारी बैंकको काम ऋण लिने र ऋण दिनेमात्रमा सिमित छ । 

राष्ट्रिय सहकारी बैंकको मुख्य समस्या भनेको बैंक प्रोफेन्ल रुपमा अगाडि बढन सकेन । यता बैंकले सहकारीलाई कसरी अगाडी बढाउने भन्ने कुरामा पनि अगाडी बढन सकेन । सहकारी संस्थाले संस्थाका सदस्यहरुलार्इै कसरी व्यपसायीक बनाउने भन्ने कुरामा पनि अगाडी बढ्न सकेन । राजनितिक रुपमा उहाँहरुले भागबन्डा गरेर नै सञ्चालन समिति बनाउने गर्नु भको छ । यो पनि राम्रो हैन् । 
हाम्रो नयाँ आउने सहकारीमा भने राजनितिक रुपमा त्यास्तो भाग बन्डा हुने काम हुँदैन् । हामीले  यस संसथामा उधमी र व्यवसायी मान्छेहरुलाई प्राथमिकतामा रखेर संस्था अगाडी बढाउने छौं । प्रसतावित वोर्डमा पनि हाहिले त्यही अनुसार फाएल पेस गरेका छौं । हामिलाई सबै पार्टिको सहयोग, साथ र सर्पोट छ । यो सहकारीमा कुनै पार्टिगत हुँदैन् । 

बैंक सञ्चालनमा आए पछि सदस्य तथा संस्थालाई ऋण दिनेकुरा कति सहज हुन्छ ? 
ब्याजदर भनेको बजारको प्रतिस्पर्धा अनुसार तय हुन्छ । हाम्रो उद्देश्य भनेको सकेसम्म कमदरमा निक्षेप संकलन गर्ने र कमदरमै कर्जा लागनी गर्ने भन्ने हो । अक्रो कुरा सहकारी संस्थालाई व्यवसायीक बनाउने, त्यस्ता संस्थाका सदस्यलाई पनि उसको परियोजनामा लगानी गर्न लगाउने हो । हामिले कर्जा लगानीलाई झनजटिलो नबाइकन सहज रुपमा अगाडी बढाउने छौं । संस्थालाई सहज बनाउन हामीले बिभिन्न तालिम पनि ल्याउने छौं । 

नयाँ आउन लाग्या सहकारी बैंकले ऋण दिदा संस्थालाईमात्र दिन्छ कि व्यक्तिलाई पनि ?
सहकारी बैंकको काम भनेको सहकारीमा भएको निक्षेपलाई लिने र सहकारी संस्थामा नै लगान्ी गर्ने हो । हामीले पनि गर्ने त्यही हो । त्यो भन्दा बाहिर गएर काम गर्न अहिको कानुनले दिदैन् । 

राष्ट्रिय सहकारी बैंकले पनि निक्षेप लिदा सर्वसाधारणबाट पनि लिन पाउनु पर्छ भन्ने कुरा आएको थियो । त्यो कुरा उठाउनु भाछ ? 
सहकारी बैंक मार्फत सिधै निक्षप लिन मिल्दैन यसको लागि कानुन नै परिवर्तन गर्नु पर्ने देखिन्छ । त्यसको बिषयमा अहिले नै कुनै कुरा उठाएका छैनौं । ३० हजार सहकारी संस्था छन् । त्यसलाई एउटामात्र सहकारी बैंकले हेर्न सकेन । ३४ प्रतिशत सदस्यामात्र राष्ट्रि सहकारी बैंकको हिस्सा भएका छन् । आदि संस्थालेमात्र सक्रिय रुपमा कारोबार गरेका छन् । हामीले पहिले सबै संस्थालाई सेवा दिएरमात्र आवश्यक परेको खण्डमा त्यो विषयमा पनि आवाज उठाउने छौं ।  

Advertisement

Advertisement