सनराइज बैंकको सीईओ पदमा बैंकर सुमन शर्मा नियुक्त

Advertisement

काठमाडौँ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । बैंकका सीईओ जनक शर्मा पौड्यालले १९ महिनामै राजीनामा दिएको भोलिपल्ट आज शर्मा बैंकको सीईओ नियुक्त भएका हुन् । 

आज बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यस अघि 

Advertisement

यसअघि माछापुच्छ्रे बैंकको सीईओ रहिसकेका र बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव भएका शर्मालाई सञ्चालक समितिले नयाँ सीईओ नियुक्त गरिएको हो । शर्मासँग ग्लोबल आइएमइ बैंक, एनएमबि बैंक र  नेपाल एसबीआई बैंक लगायतमा काम गरेको अनुभव छ । 

एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्माले नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् । उनले अर्थशास्त्र  र भौतिकशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् । उनी अनुभवी र कुशल बैंकर मानिन्छन् । 

Advertisement

Advertisement