कर छली मुद्दामा वरुण वेभरेज कम्पनीका अग्रवाललाई थुनामा पठाउन आदेश

Advertisement

काठमाडौं। कर छलीसम्वन्धी राष्ट्रिय अनुसन्धान विभागले गर्दा गरेको मुद्दामा हल्का पेय पदार्थ पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजका उच्च अधिकारीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश कुलप्रसाद शर्माको इजलासले वरुण वेभरेजका प्रवीणकुमार अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो।

बिहीबार भएको थुनछेक बहसपछि उनलाई थुनामा राख्न आदेश दिइएको छ । सोही मुद्दामा दुई जना धरौटीमा रिहा भइसकेका छन् भने तीन जना अझै फरार छन्। विभागले केही महिनाअघि वरुण वेभरेजमा मूल्य अभिवृद्धि कर र आयकर गरी ६४ करोड ९६ लाख रुपियाँ कर छली भएको खुलासा गरेको थियो । 

Advertisement

नक्कली बिजकको कारोबार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी मालवस्तु नै खरिद नगरी राजस्व चुहावट गरेको अभियोगमा विभागले कम्पनीका सञ्चालकहरू अमित गुप्ता र रविकान्त जयपुरियासहित सात जनाविरूद्ध ६४ करोड ९६ लाख दुई हजार ३४० रुपियाँ बिगो र बिगोको दोब्बर जरिवाना एक अर्ब २९ करोड ९२ लाख ४ हजार ६ सय ८० रुपियाँ समेत गरी एक अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रुपियाँ दाबी गरेको थियो। यस्तै दोषीहरुलाई तीन वर्षसम्म जेल सजायको माग दाबी पनि गरिएको छ । 

Advertisement

Advertisement