इजरायल रोजगारीका लागि एक हप्ताभित्रै आवेदन खुल्ला, अनलाइनबाटै आवेदन दिन सकिने

Advertisement

काठमाडौं । इजरायलको रोजगारीमा जान चाहने नेपालीका लागि एक हप्ताभित्र अनलाइन आवेदन खुला हुने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत आवेदन लिने तयारी गरी आवेदनको ढाँचासमेत तयार गरेर फागुनको पहिलो हप्ता खुला गर्ने भएको हो ।

अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयरको काम पूरा भएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । “इजरायल जाने नेपाली युवा छनोट गर्न बनेको कार्यविधि यही हप्ता मन्त्रालयले स्वीकृत गर्ने र आवेदनको सूचनासमेत सार्वजनिक गर्ने तयारी रहेको छ,” महानिर्देशक दाहालले भने “इजरायल पक्षले छिटो श्रमिक पठाउन दबाब दिएका कारण मन्त्रालयले छनोट कार्यविधि स्वीकृतिका लागि हतारिएको छ ।”

Advertisement

विभागले कोभिड–१९ को संक्रमणको जोखिमबाट सुरक्षित रहन र टाढा रहेका युवालाई घरबाटै आवेदन दिन सजिलो होस् भनेर अनलाइनबाटै आवेदन दिनसक्ने व्यवस्था गर्न लागेको छ । 

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement